राजधानीका विषयमा तीन सांसदको संशोधन प्रस्ताव

राजधानीका विषयमा तीन सांसदको संशोधन प्रस्ताव

नेपाली काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सहषराम यादवले संशोधन प्रस्ताव दर्ता गरेका हुन्।

यादवले सरकारले प्रस्ताव गरेको लुम्बिनी प्रदेश नाम सच्याई थरुहट, मगरात र अवध नाम राखियोस् भन्ने संशोधन

प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए।
उनले राजधानीका विषयमा भने संशोधन प्रस्ताव हालेका छैनन्।

यस्तै, नेपाली काँग्रेसका सांसद अर्याल र थरुनीले बैकल्पिक राजधानी तोकियोस् भनेर दाङ राजधानी बनाउन नहुने प्रस्ताव पेस गरेका छन्।

उनीहरुले पाल्पा, नवलपरासी, रुपन्देही र कपिलवस्तु क्षेत्रलाई जोडेर राजधानी बनाउनु पर्ने प्रस्ताव सचिवालयमा दर्ता गराएको अधिकारीले बताए।

यसैबीच मंगलबार (आज) दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक अझै बस्न सकेको छैन। 

दलहरु आआफ्नो आन्तरिक छलफलमा रहेकाले बैठक बस्न ढिलाई भएको बुझिएको छ।

ती प्रस्ताव आजको प्रदेश सभा बैठकमा पेश गरिने छ। सोमबार भएको प्रदेश सभा बैठकमा प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका थिए। 

असोज २०, २०७७ मंगलबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।