सन्दीपको टोली दिल्लीको चौथो जित

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (सोमबार) अबेर राति सम्पन्न खेलमा उसले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५९ रनले पराजित गरेको गर्दै चौथो जित निकालेको हो।
एक सय ९७ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३७ रन मात्रै बनाउन सक्यो। उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्।
बलिङतर्फ दिल्लीका कागिशो रबाडाले सर्वाधिक ४ विकेट लिए। यस्तै, अक्षर पटेल तथा एनरिच नोर्टजेले २/२ विकेट लिँदा रविचन्द्र अश्विनले १ विकेट चट्काए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९६ रन जोडेको थियो। उसका लागि मार्कस स्टोइनिसले अविजित रहँदै ५३ रन बनाए। यस्तै, पृथ्वी सोले ४२, रिसभ पन्तले ३७ र शिखर धवनले ३२ रनको योगदान दिए।
बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराजले २ तथा इसुरु उडाना र मोइन अलीले १ १ विकेट लिए।
यी दुवै टोलीले जारी प्रतियोगितामा समान पाँच खेल खेलेका छन्। जारी आइपिएलमा दिल्लीले पाँच खेल खेलिसक्दा सन्दीप प्लेइन ११ मा अटाएका छैनन्।
क्रिकइन्फो डट कम
असोज २०, २०७७ मंगलबार ००:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।