५० करोड चुक्ता पूँजी पुर्याउने लक्ष्यमा नारायणी बैंक 

५० करोड चुक्ता पूँजी पुर्याउने लक्ष्यमा नारायणी बैंक 

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ५० करोड रूपैयाँ चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ। बैंकको १८ औं वार्षिक साधारणसभाले यस्तो निर्णय लिएको हो।

बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष २०७५/७६को वार्षिक वित्तीय विवरण र नाफा–नोक्सान हिसाब पारित गरेको छ। साथै १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ।

हकप्रद निश्कासनपछि बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख रूपैयाँ पुग्ने बैंकले जनाएको छ। बैंकले साधारणसभामार्फत गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित हुने, रणनीतिक साझेदार नयाँ लगानीकर्ताबारे जिम्मेवारी संचालक समितिलाई दिएको छ।

चितवनको रत्ननगर नगरपालिका–१, बकुलहरमा केन्द्रीय कार्यालय रहेको बैंकको केन्द्रीय कार्यालयसहित तीन वटा शाखा छन्। बैंकलाई नेपाल राष्ट्र र्बैकले भर्खरै समस्याग्रस्त सूचीबाट हटाएको थियो।

असोज १८, २०७७ आइतबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।