हैदरावादसँग चेन्नई ७ रनले पराजित

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (शुक्रबार) राति सम्पन्न खेलमा उसले चेन्नईलाई पराजित गर्दै जारी प्रतियोगितामा दोस्रो जित निकालेको हो।
१६५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सक्यो। उसका लागि रविन्द्र जडेजाले सर्वाधिक ५० रन जोडे। यस्तै, कप्तान महेन्द्र सिंह धोनी ४७ रनमा अविजित रहे।
बलिङतर्फ हैदरावादका टि नटाराजनले २ तथा भुवनेश्वर कुमार र अब्दुल सामदले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।
हैदरावादका लागि पिके गर्गले अविजित रहँदै ५१ रन बनाएका थिए। यस्तै, अभिषेक शर्माले ३१, मनिष पाण्डेले २९ र डेभिड वार्नरले २८ रन जोडेका थिए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङतर्फ चेन्नईका दीपक चहरले २ विकेट लिँदा पियुस चाउला र सार्दुल ठाकुरले १/१ विकेट लिएका थिए।
जारी प्रतियोगितामा चार खेल खेलको हैदरावादले दुई खेलमा जित निकाल्दा समान खेलमा पराजय भोगेको छ। समान खेल खेलेको चेन्नईले भने एक खेलमा मात्रै जित निकाल्न सकेको छ।
क्रिकइन्फो डट कम
असोज १७, २०७७ शनिबार ००:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।