मुम्बईले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको हो। मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए। ४५ बल खेलेका उनले आफ्नो पारीमा ८ चौका र ३ छक्का प्रहार गरे।
अन्तिम ४ ओभरमा विस्फोटक ब्याटिङ गरेका क्यारोन पोलार्ड र हार्दिक पाण्ड्याले क्रमशः ४७ र ३० रन बनाए। पोलार्डले २० बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा पाण्ड्याले ३ चौका र २ छक्का हिर्काए।
बलिङतर्फ पञ्जाबका सेल्डोन कट्ररेल, मोहम्मद सामी र कृष्णप्पा गोथामले समान १ विकेट लिए। मुम्बईका एक खेलाडी भने रनआउट भए।
पञ्जाबले केही बेरमै जवाफी ब्याटिङ थाल्ने छ।
क्रिकइन्फो डट कम
असोज १५, २०७७ बिहीबार २१:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।