पञ्जाबविरुद्ध ब्याटिङ गर्दै मुम्बई

मुम्बई इण्डियन्सका क्विन्टन डि ककको विकेट लिएपछि सेलिब्रेसन गर्दै किंग्स इलेभन पञ्जाबको सेल्डोन कट्ररेल। तस्बिर : आइपिएल टि २० डट कम ।
मुम्बईले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ। खेलको ३ ओभर सकिँदा मुम्बईले एक विकेट गुमाएर १८ रन जोडेको छ। मुम्बईका रोहित शर्मा र सूर्यकुमार यादव ९/९ रनमा खेलिरहेका छन्।
मुम्बईले पहिलो विकेटका रुपमा क्विन्टन डि ककलाई ० रनमै गुमाएको छ। उनलाई सेल्डोन कट्ररेलले पहिलो ओभरको पाँचौ बलमा बोल्ड गरे। उनले २ ओभर बलिङ गरेका छन्। यस्तै, मोहम्मद सामीले १ ओभर बलिङ गरेका छन्।
जारी प्रतियोगितामा समान ३ खेल खेलेका यी दुवै टोलीले एक एक खेलमा मात्रै जित हासिल गरेका छन्।
क्रिकइन्फो डट कम
असोज १५, २०७७ बिहीबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।