सकियो मनसुन, बाँकी छ वर्षा !

पश्चिम नेपालबाट मनसुनी वायूको बर्हिगमन भएसँगै मनसुन अन्त्य भएको हो।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान शाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केहि भू–भागबाट मनसुन बाहिरिएको हो।
यससँगै महाशाखाले यसबर्षको मनसुन अन्त्य भएको घोषणा गरेको भएपनि उत्तरपश्चिम बंगालको खाडिमा सानो न्यूनचापिय श्रेत्रको विकास भएका कारण पूर्वी नेपालको १ नम्वर,२ नम्वर प्रदेशमा अझै वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार पूर्वी मनसुनी वायु बाहिरिए पछि पश्चिमी वायू हावी भएसँगै मनसुन निष्क्रिय हुने गर्छ। पश्चिमी वायू हावि भएसँगै समुन्द्रबाट आउने जलवाष्प आउन छाड्ने र मनसुनी वर्षा अन्त्य हुने गर्दछ।
विभागका सूचना अधिकारी विक्रम श्रेष्ठका अनुसार समुन्द्रबाट आउने जलबाष्प आउन छाडेपछि झरी र ठूलो मात्रामा भारी वर्षाको अन्त्य हुन्छ।
यसपछि समुन्द्री जलवाष्पको अवशेष र स्थानीय गर्मीका कारण उत्पन्न हुने जलवाष्पका कारण छिटफुट वर्षाकोमात्र संभावना रहन्छ।श्रेष्ठका अनुसार यो वर्ष तुलनात्मक रुपमा केही दिन ढिलो गरी मौसम बर्हिगमन भएको हो।
बाँकी छ मनसुनी वायूको प्रभाव
महाशाखाका अनुसार पश्चीम नेपालबाट मनसुन बहिर्गमन भएको भएपनि मध्य र पूर्वी भूभागमा मनसुनी वायूको प्रभाव बाँकी छ। महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार मध्य नेपाल हुँदै पश्चिमबाट बाहिरिन क्रममा छ। जसका लागि एक साता लाग्ने महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार उत्तरपश्चिम बंगालको खाडीमा सानो न्यूनचापिय श्रेत्रको विकास भएका कारण पूर्वी नेपालको १ नम्बर ,२ नम्बर प्रदेशमा वर्षाको सम्भावना रहन्छ।
ठूलो झरीको सम्भावना नरहेको महाशाखाको भनाई छ। यससँगै दिन छोटो हुँदै रात लामो हुँदै जाने र मौसम गर्मीबाट क्रमस जाडोतर्फ बढ्दै जाने हुन्छ । डिसेम्वर (मंसिरको आधा) महिनाबाट जाडो महसुस हुने महाशाखाले जानकारी दिएको छ।
मौसमविद् पौडेल विगतका तुलनामा जाडो र गर्मीको मौसममा बदलाव नदेखिएको बताँउछन। गर्मी घटेर जाडो बढ्ने संक्रमणकालिन अवस्था भएकाले आकाश सफा रहँदासम्म गर्मी महसुस हुने र विस्तारै जाडो बढ्दै जाने पौडेलले बताए ।
यस्तो छ अवको मौसम पूर्वानुमान
महाशाखाले,शुक्रबार र शनिवार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र हल्ल्का वर्षाको संभावना छ।
प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हलुका वर्षाको सम्भावना रहेको छ।
असोज १५, २०७७ बिहीबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।