कोरोना संक्रमित ३ जनाको मृत्यु

विराटनगर : कोरोना संक्रमणबाट बुधबार तीन ज्यानको मृत्यु भएको छ। कोभिड–१९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नोवेल अस्पताल विराटनगरमा एक÷एक जनाको मृत्यु भएको हो।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरी राजविराज–४का ३९ वर्षीय पुरुष र नोवेल मेडिकल कलेजमा सुनसरी हरिपुरका ५० वर्षीय पुरुषको मृत्यु भएको छ।
कोशीमा मृत्यु भएका पुरुषलाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या थियो।
यस्तै वीपी प्रतिष्ठानमा मृत्यु भएकाको मधुमेह र उच्च रक्तचापसँगै मिर्गौलाको पनि समस्या रहेको बुझिएको छ। उनी नियमित डाइलायसिस गराउँदै आएका थिए ।
नोवेलमा मृत्यु भएको व्यक्तिमा पनि श्वासप्रश्वासको समस्या रहेको बुझिएको छ। हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ७० जना संक्रमितको मृत्यु भइसकेको छ।
असोज १४, २०७७ बुधबार १४:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।