विश्व पर्यटन दिवस मनाउने नाट्टाको तयारी 

विश्व पर्यटन दिवस मनाउने नाट्टाको तयारी 

प्रत्येक बर्ष सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रुपमा मनाइदै आइएको छ। 

कोरोना महामारीका कारण यस वर्ष औपचारीक कार्यक्रम नभए पनि रक्तदान, सम्पदाको सरसफाई र वेविनारमार्फत दिवस मनाउने कार्यक्रम तय भएको नाट्टाले जनाएको छ। 

यस बर्ष ‘पर्यटनलाई सुरक्षित रुपमा पुरानै लयमा फर्काउँ’ भन्ने नारा तय भएको छ।

नाट्टाका महासचिव सुधिर कुमार उपाध्यायका अनुसार २५ सेप्टेरमा रक्तदान,२६ सेप्टेम्बरमा सम्पदा सरसफाई र २७ सेप्टेम्बरमा वेविनारमार्फत कार्यक्रम गरिने छ।

सव्रे ट्राभल नेटवर्कसँगको सहकार्यमा हुने वेविनारमा नेपाल सरकारका प्रतिनिधि, सव्रे ट्राभल नेटवर्कका अन्तराष्ट्रिय प्रतिनिधि र युनिर्भसल फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन्स (युएफटिएए) का प्रतिनिधिको उपस्थिति रहने नाट्टाले जानकारी दिएको छ।

कार्यक्रममा कोरोनाका कारण नेपाल र विश्वको पर्यटन क्षेत्रमा परेको असर, पर्यटनलाई पुरानै लयमा फर्काउन भएका प्रयास र अबको योजनाका बारेमा समिक्षा हुने बताइएको छ। 
 

असोज ७, २०७७ बुधबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।