आधारभूत स्वास्थ्य केन्द्र संचालमा

आधारभूत स्वास्थ्य केन्द्र संचालमा

वडा नम्बर १ र ३ मा मंगलबारबाट आधारभूत स्वास्थ्य केन्द् संचालनमा ल्याइएका हुन्।

योसँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ। 

वडा नं. १ को शिवचोक र वडा नं. ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे।

नगरपालिकाले केहीदिनमै वडा नं. ९ र १२ मा पनि स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गर्ने नगरपालिकाले जनाएको छ।

हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामलाई तीव्रता दिइएको घिमिरेले बताए।

हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा छन्।

नगर प्रमुख घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै नागरिकले गुणस्तरीय सेवा पाउने विशवास व्यक्त गरे।

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन्।

केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कार्यरत छन्।

असोज ७, २०७७ बुधबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।