१ सय ४० दिनमा खुल्यो जानकी मन्दिर

१ सय ४० दिनमा खुल्यो जानकी मन्दिर

जनकपुरधाम : हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खुल्ला गरिएको छ।
कोरोना महामारीका कारणले मूल ढोका बन्द गरिएको १ सय ४० दिनपछि ढोका खुल्ला गरिएको हो।
 

गत चैत्र १५ गते देखि मूल ढोका बन्द गरिएकोमा लकडाउनका बीचमा असार ३ गते दूई दिनका लागि खोलिको थियो। 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सामाजिक दुरी कायम राखेर पूजा गर्ने गरी मन्दिरको मूल ढोका खोलिएको जानकारी दिए।

लकडाउनकै क्रममा रामनवमी, जानकी नवमी, झुला उत्सव भएको थियो। मनिदरकै पूजारीहरु मात्रै सो उत्सवमा सहभागि भएका थिए। 
प्रत्येक महिना कूनै न कुनै उत्सव भइरहने उत्सवमा पनि विशेष सर्तकर्ता अपनाइने मन्दिरले जनाएको छ। 

जानकी मन्दिर स्थापना भएको पाँच सय वर्षको इतिहासमा पहिलो पटक मूल ढोका ८१ दिनसम्म लगातार बन्द रहेको थियो।

विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रूपमा रहेको जानकी मन्दिर खुले पनि पूजा गर्न आउने भक्तजनको संख्या ज्यानै न्यून छ।

लकडाउन अवधिभर मन्दिरको मूल ढोका बन्द रहे पनि पूजारी तथा महन्थहरुले परम्परागत रूपमा चल्दै आएको पद्धतिद्वारा नियमित पूजापाठ आयोजना गर्दै आएका थिए।

भक्तजनहरू मन्दिरमा पुगे पनि मास्क, सेनिटाईजर तथा व्यक्तिगत दूरी कायम गर्ने गरी मन्दिरमा प्रवेशका लागि उचित व्यवस्थापन गरेको पाइँदैनन्। सचेत भक्तहरू आफै दूरी बनाएर पूजापाठ तथा दर्शन गर्ने गरेका छन्।

जानकी मन्दिरमा तीन पटक आरती हुन्छ। आरतीको बेला भीड लागेको हुन्छ। जानकी मन्दिरमा २४ घण्टे रामनाम संकिर्तण हुनुका साथै राम जानकीसंग जोडिएको संग्रहालय पनि रहेको छ। 

असोज ३, २०७७ शनिबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।