आजको मौसम : कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने

आजको मौसम : कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने

काठमाडौं : आज (शनिबार) कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको छ।

चैत २५, २०७९ शनिबार ०७:११:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।