हेलिकप्टरबाट महिलाको उद्धार

हेलिकप्टरबाट महिलाको उद्धार

म्याग्दी : जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्याएको हो।

गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ।

कात्तिक १५, २०८२ शनिबार १६:१४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।