भक्तपुरको गुण्डु सरेका ओलीलाई भेट्न दिनभर नेताहरूको लर्को

भक्तपुरको गुण्डु सरेका ओलीलाई भेट्न दिनभर नेताहरूको लर्को

काठमाडौं : सेनाको सुरक्षामा शिवपुरीमा रहेका एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुमा बसाइँ सरेका छन्।

‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा व्यवस्थामा रहेका ओली आजदेखि गुण्डुस्थित भाडाको घरमा बसाइँ सरेका हुन्। उनको बालकोटस्थित निवास जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो।

नयाँ निवासमा आज ओलीलाई भेट्न पार्टीका महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत र भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा लगायत थुप्रै नेताहरू पुगेका थिए।

एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने तयारी गरेको समेत जनाएको छ।

असोज २, २०८२ बिहीबार २०:५०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।