भाइटीका लगाएपछि लडेका गोरखा–५ का वडाध्यक्ष रानाको निधन

काठमाडौं: गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको मृत्यु भएको छ। बिहीबार साँझ भाइटीकापछि एक्कासि लडेका रानाको मृत्यु भएको हो।
नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनुअघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थिए।
वडाध्यक्ष रानाको आजै अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट वडाध्यक्षमा विजयी भएका थिए। उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्य समेत थिए।
कात्तिक ११, २०७९ शुक्रबार ११:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।