एकीकृत समाजवादीले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने

एकीकृत समाजवादीले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एकीकृत समाजवादीले समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर दिने भएको छ।

पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो।

महासचिव डा. बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिए।

उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको, समाजमा लोकप्रियता कायम गरेको, स्वच्छ छवि भएको कार्यक्षमता राम्रो भएको र सुशासनका क्षेत्रमा सक्रिय भएका लगायतलाई आधार बनाएको उनले बताए।

संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने उनको भनाइ छ।

असोज १, २०७९ शनिबार २१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।