१५ वर्षिया किशोरीलाई क्याफेमा बलात्कार गरेको आरोपमा पक्राउ

१५ वर्षिया किशोरीलाई क्याफेमा बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर : १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन्।

युवाले बालिकालाई भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

असोज १, २०७९ शनिबार २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।