पौडी खेल्ने क्रममा डुबेर १२ वर्षका बालकको मृत्यु

झापाः बुद्धशान्ति गाउँपालिका-६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। हिजो दिउँसो बुद्धशान्ति-४ का चन्द्र मावोका १२ वर्षीय छोरा इचिहाङ मावोको कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको हो।
मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको छ। घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।
साउन ११, २०७९ बुधबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।