नुहाउने क्रममा भेरी नदीमा तीन बालबालिका बेपत्ता

नुहाउने क्रममा भेरी नदीमा तीन बालबालिका बेपत्ता

सुर्खेतः भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटस्थित रानिबगर घाट भेरी नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार साँझ ५ बजे भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिँजाली र १० वर्षीय दिनेश बुढा नुहाउने क्रममा बेपत्ता भएका हुन्।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन्।

फागुन २९, २०७८ आइतबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।