कांग्रेसको एक महिने चुनावी अभियान आजबाट, ७७ जिल्लामा पुगे केन्द्रीय प्रतिनिधि

काठमाडौंः नेपाली कांग्रेसले आजबाट एक महिने चुनावी अभियान सुरु गर्ने भएको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले चुनावी अभियान सुरु गर्ने भएको हो।
‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नाराका साथ देशका ७७ वटै जिल्लामा पुगेका पार्टीका केन्द्रीय प्रतिनिधिले पार्टीलाई निर्वाचनमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन विस्तार गर्ने, पार्टीको अजेण्डा, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी गराउने र जनताबाट सुझाव समेत लिने पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए।
अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ।
फागुन २९, २०७८ आइतबार ०९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।