कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत नपाएपछि कांग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको चुनाव हुने

कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत नपाएपछि कांग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको चुनाव हुने

काठमाडौंः नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि पुनः निर्वाचन हुने भएको छ। कांग्रेसको विधानअनुसार सभापति पदमा निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक हुन्छ।

कुल खसेको सदर मत एक हजार आठ सय ६८ मध्ये उम्मेदवार जङ्गबहादुर लामाले सात सय पाँच मत पाए। यस्तै वंशलाल तामाङले ६ सय २९ मत पाउँदा अर्का उम्मेदवार प्रेमध्वज लामाले चार सय ९३ मत पाए। 

अब दोस्रो चरणको चुनावका लागि पहिलो चरणमा सर्वाधिक मत ल्याएका जङ्गबहादुर र दोस्रो भएका वंशलालबीच प्रतिस्पर्धा हुनेछ।

आजै पुनः मतदानको तयारी भइरहेको छ।

फागुन २९, २०७८ आइतबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।