आजको संसद्: महाअभियोग प्रस्ताव छलफल गर्ने दिन र समय निर्धारण गरिने

आजको संसद्: महाअभियोग प्रस्ताव छलफल गर्ने दिन र समय निर्धारण गरिने

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने दिन र समय निर्धारण गरिने सम्भावित कार्यसूची रहेको छ।

आजै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकको कार्यसूची टुङ्गो लगाउनेछ। संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले 'सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८' पेश गर्नेछन्।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १०१ को उपधारा (२) एवम् प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्नेछन्।

महाअभियोग प्रस्तावमा देव गुरुङ, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ प्रस्तावक छन् भने ९५ जना सांसदहरू समर्थक रहेका छन्।

फागुन २९, २०७८ आइतबार ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।