मौसम अपडेट: प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको कारण वर्षाको सम्भावना देखिएको हो।
यतिबेला देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको पूर्वी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन २९, २०७८ आइतबार ०७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।