सपुतको गीत पिरलाई नेता बाबुरामको समर्थन

काठमाडौँ : माओवादी सशस्त्र द्वन्द्वमा आधारित गीत 'पिर' ल्याएपछि माओवादी केन्द्रका युवा नेताहरूले गायक प्रकाश सपुतलाई धम्क्याइरहेको बेला सशस्त्र द्वन्द्वका नेतृत्वकर्तामध्येका डा बाबुराम भट्टराईले भने समर्थन गरेका छन्।
उनले आफू पनि जनयुद्धको अगुवा भएको नाताले भन्दै सपुतको गीतको समर्थन गरेका हुन्।
उनले लेखेका छन्' म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।'
उनले गीतले जनयुद्धको विरोध नगरी अपूर्ण क्रान्तिका पीडा दर्साएको भन्दै लेखेका छन्' त्यसनिम्ति क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने?'
फागुन २९, २०७८ आइतबार ००:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।