अबको चुनावमा कांग्रेस-एमालेले बोरामा पैसा लिएर गाउँ जाने झलनाथको आरोप

काठमाडौँ : एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको आलोचना गर्दै निर्वाचनमा बोरामा पैसा बोकेर हिँड्ने दाबी गरेका छन्।
इलाम–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिवार आयोजना गरेको भेलामा बोल्दै खनालले आगामी निर्वाचन जित्न कांग्रेस नेताहरू भोट किन्न बोरामा पैसा लिएर गाउँ-गाउँ आउने दाबी गरेका हुन्।
उनले एमालेका नेताहरूलाई पनि त्यस्तै आरोप लगाए। कांग्रेस र एमाले नेताहरू आफुलाई इलाममा हराउन अहिलेदेखि नै षड्यन्त्रमा लागिराखेको उनले दाबी गरे।
उनले अबको निर्वाचनमा जाँदा एमालेलाई भाइ कांग्रेस भनेर जान समेत निर्देशन दिए। उनले ६ महिनामा पार्टीको सङ्गठन तल्लो तहसम्म बनेको भन्दै तीन वर्षमा एकीकृत समाजवादी देशकै सबैभन्दा ठुलो दल बन्ने दाबी समेत गरे।
उनले कांग्रेस र एमालेको आलोचना गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताएको भन्दै गठबन्धन कायम रहने आस व्यक्त गरे।
फागुन २८, २०७८ शनिबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।