माधव नेपालले भने : जोसँग मिल्छ उसैसँग तालमेल

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा जोसँग तालमेल हुन्छ उसैसँग मिल्ने बताएका छन्।
उनले आगामी निर्वाचनलाई फोकसमा राखेर काम गरेको र अब पार्टीको सङ्गठन टोलसम्म पूर्याउने दाबी गर्दै सोही अनुसार काम गर्न उनले पार्टीका नेता र कार्यकर्ताहरूलाई आग्रह गरे।
उनले बुधवारबाट पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पालिका-पालिकामा कमिटी बनाएर टोलसम्म सङ्गठन विस्तार गर्ने भन्दै भने' जोसँग मिल्छ उहीसँग तालमेल गर्ने हो।'
एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरू आगामी निर्वाचनमा सत्तामा रहेका सबै दलको गठबन्धन बनाएर जाने रणनीतिमा रहेका छन्। तर नेपाली कांग्रेसमा भने यसबारेमा विवाद छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहे पनि शेखर कोइराला पक्षधरहरू एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा रहेका छन्।
फागुन २३, २०७८ सोमबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।