भारतीय ट्रकले ठक्कर दिँदा टेम्पो चालकको मृत्यु

कपिलवस्तुः जिल्लाको वाणगंगा नगरपालिका- ११ ओदारीमा हिजो साँझ ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ। स्थानीय २६ वर्षीय अनिल गाहाको घटनास्थलमै मृत्यु भएको हो।
हिजो बेलुकी साढे ८ बजे भारतीय नम्बरको ट्रकले लु१ह १९२३ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो। ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ।
फागुन २३, २०७८ सोमबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।