रूसविरुद्ध युद्ध लड्ने नेपाली युवाकाे उद्घोष

रूसविरुद्ध युद्ध लड्ने नेपाली युवाकाे उद्घोष


नेपालबाटै युक्रेन गएका उनले रूसविरूद्ध लड्ने चेतावनी  दिएको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनले भिडीयोमा भनेका छन्– 'रूसविरुद्ध लड्न युक्रेनको पक्षमा लागेको छु। यो निर्णय मेरा लागि गर्वको विषय हो।' एक मिनेट लामो उक्त भिडियोमा उनले 'रूसले युक्रेनमाथि गरेको सैन्य कारबाहीले आफूलाई निद्रा लागेको छैन। म मानवताको पक्षमा छु। म युक्रेनी सेनामा प्रवेश गर्ने निर्णय गरेको छु।'

उनकाे यो भिडीयाेका विषयमा नेपाल सरकारले भने कुनै आधिकारिक पुष्टि भने गरेको छैन।

यतिबेला रूसले युक्रेनमाथि स्थल र हवाई आक्रमण गरेर युक्रेनका धेरै शहर क्षतिग्रस्त बनाइरहेकाे छ। रूसी आक्रमणको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन्।

फागुन १८, २०७८ बुधबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।