माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार

बैठकमा पार्टीभित्रको चर्को असन्तुष्टि समाधान गर्नका लागि छलफल हुने बताइएको छ। यो बिचमा एमसीसी अनुमकोदनमा असन्तुष्टि रहेका नेता नारायणकाजी श्रेष्ठ लगायतका केही नेताहरुलाई अध्यक्ष प्रचण्डले भेट समेत गरेका छन्।

नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतले व्याख्यात्मक टिप्पणीमार्फत एमसिसी पास गर्ने निर्णयप्रति असन्तुष्टि जनाइरहेका छन्।

केन्द्रीय समिति बैठकले बाँकी रहेका पदाधिकारी पनि चयन गर्ने सम्भावना पनि रहेकाे छ।

फागुन १८, २०७८ बुधबार १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।