नारायणकाजीलाई विप्लवकाे प्रस्ताव- प्रचण्डबाट क्रान्ति हुँदैन, नयाँ पार्टी गठन गरौं र अगाडि बढौं

श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिबन पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
एमसिसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग दूरी बढेका बेला श्रेष्ठलाई विप्लवले ‘प्रचण्डबाट क्रान्ति हुँदैन, नयाँ पार्टी गठन गरौं र अगाडि बढौं भनेर प्रस्ताव राखेका स्रोतले बतायो।
एमसिसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसिसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच भएको भेटले माओवादी केन्द्रमा आएको मतभेदले फरक तरंग ल्याउन सक्ने माओवादी नेताहरुको भनाइ छ।
फागुन १८, २०७८ बुधबार ११:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।