अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनित

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको पार्टीका प्रवक्ता प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। १४ जनामध्ये एक अभिनेत्री रेखा थापा रहेको उनको भनाइ छ।
गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन्। महामन्त्रीमा पराजित भएकी थापालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।
फागुन १८, २०७८ बुधबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।