एमसीसी विरुद्ध फागुन २० गतेदेखि चैत ६ गतेसम्म संघर्षका कार्यक्रम घोषणा

आठ दलीय मोर्चाले एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा एमालेले संसद घेराउको बहानामा सघाएको आरोप पनि लगाएको छ। ‘एमसीसी संसदबाट पारित हुँदै गर्दा नेकपा एमालेले त्यसका विरुद्ध संघर्ष गर्नुको सट्टा वेल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पुर्याउने कार्य गरी नेपाली जनता र राष्ट्रपति अन्तर्घात गरेको मंगलबार बैठक पछि जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
आठ दलिय मोर्चामा नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चा रहेका छन्।
फागुन १७, २०७८ मंगलबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।