गेष्ट हाउसमा मृत भेटिएकी महिलाको पहिचान खुल्याे, पुरुषको पहिचान हुन बाँकी

गेष्ट हाउसमा मृत भेटिएकी महिलाको पहिचान खुल्याे,  पुरुषको पहिचान हुन बाँकी

दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ। महिलासँगै बसेका पुरुष फरार छन्। उनले हत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ। महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।

मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो। मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो। उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन्। परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।

त्यस्तै धरानमै अर्का एक  पुरुषको पनि शव फेला परेको छ। कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा करिब ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन्। 

 उक्त शवको सनाखत भएको छैन। इलाका प्रहरी कार्यालय धरानका अनुसार शव धरान–४ देवीथान नजिकमा पर्ने सडक किनारमा फेला परेको थियो।  मृतक मागेर हिँड्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

फागुन १७, २०७८ मंगलबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।