नाबालिग विरुद्ध सामाजिक सञ्जालमा लेखीएकोमा साइवर ब्युरोको ध्यानाकर्षण

नाबालिग बलात्कार गरेको भन्दै प्रहरीमा परेको जाहेरीका आधारमा प्रहरीले कलाकार पल शाहलाई हिरासतमा लिएपछि उनको पक्ष-विपक्षमा सामाजिक सञ्जाल अझ विशेष यूट्युवमा कानुन विपरितका सामाग्री प्रकाशन/प्रशारण भइरहेको छ। नाबालिगको परिचय गोप्य राख्नुपर्ने सामान्य कानुन समेत पालना भएको छैन। उल्टो नाबालिगाको चरित्रहत्या हुने सामाग्रीहरु बढिरहेका छन्।
सामाजिक सञ्जालमा बालिकाको गोपनियताको हक हनन् हुने गरी लेख्ने, अडियो भिडियो प्रसारण भइरहेको देखिएको भन्दै ब्युराेले त्काेयस विषयमा अनुगमन गरिरहेको ब्युरोका एसएसपी नबिन्द्र अर्यालले बताए।
'नाबालिग गायिकाप्रति उनको गोपनियता, उनको हक, गाली बेइज्जती जुन-जुन तरीकाबाट गरिएकाे छ त्यसमा हाम्रो ध्यानाकर्षण भएको र यसो नगर्न सबैमा आग्रह गर्छौ,’ उनले भने, ‘तनहुँ प्रहरीले सहयोग मागे हामीले अनुसन्धान पनि सुरु गर्छौ।’
नाबालिग विरुद्ध लेख्नेबारे कसैले उजुरी दिए कारबाही गरिने नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले बताए। ‘कोही विरुद्ध सामाजिक सञ्जालमा जथावाभी लेख्न पाइदैन त्यसमाथि नाबालिग विरुद्ध लेखिरहेका छन्,’ उनले भने, ‘कसैले उजुरी दिए हामी कारबाही गर्छौ।
फागुन १७, २०७८ मंगलबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।