आफूलाई हिरो देखाउने हिसाबले प्रस्तुत भएका रावललाई पार्टीले कारवाही गर्छः ओली

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीले भने,–"भीम रावलले पार्टीको नीति भन्दा पृथक ढंगमा प्रस्तुत भैरहनु भएको छ। उहाँले आफूलाई हिरो देखाउने हिसाबले प्रस्तुत भैरहनु भएको छ।" पार्टीकाे निती विपरीत गए पार्टीले रावललाई कारवाही गर्ने भन्दै उनले–"पार्टीेको नीति ठिक भएको र त्यो भन्दा बाहिर गए अनुशासनको कारवाही हुने बताए।
रावल प्त्योती आक्रमक हुँदै अध्यक्ष ओलीले– "पार्टीको अनुसासन भित्र नबसे रावललाई सल्लाहकार परिषद्को सदस्य पनि नभनी कारवाही गर्ने छ। उहाँ अनुशासनहीन क्रियाकलाप गरिरहनु भएको छ, यसमा पार्टीको ध्यानाकर्षण भएको छ"उनले भने।
फागुन १७, २०७८ मंगलबार १६:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।