व्याख्यात्मक घोषणा जनता झुक्याउने योजना हो: एमाले अध्यक्ष ओली

व्याख्यात्मक घोषणा जनता झुक्याउने योजना हो: एमाले अध्यक्ष ओली

‘एमसीसी पारित भैसक्यो। अब यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ। सार्वभौमसत्तामा, स्वतन्त्रमा राष्ट्रहितविपरीत भयो भने एमालेले मान्दैन', उनले भने, ‘उनीहरूकै भाषामा लाज छोप्न धरो हो। व्याख्यात्मक घोषणा जनतालाई झुक्याउने ठगी गर्ने योजना हो।’

ओलीले आफू प्रधानमन्त्री हुँदा संसद्मा पेश गरेको र प्रदीप ज्ञवाली अमेरिका जाँदा आईपीएसको अंग बनाइयो भन्ने जस्ता हल्ला चलाइएको पनि बताए। ‘निर्लज्ज ढंगले हल्ला चलाइयो,’ उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद्मा ल्याइयो र प्रदीप ज्ञवाली अमेरिका गएका बेला आईपीएसको अंग बनाइयो।’

ओलीले एमसीसी सम्झौता गरिँदा एमालेसँग कुनै सहकार्य र सल्लाह नभएको दावी समेत गरे। ‘सम्झौता गठबन्धनवालाले गरे,’ उनले भने, ‘हामीसँग सहकार्य, सोधपुछ गरेको पनि होइन। त्यति बेला हामी प्रतिपक्षको हैसियतमा थियौं। हामीसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन।’

यस्तै कार्यक्रममा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति व्यङ्ग्य पनि गरे। 'एमसीसीलाई राष्ट्रघाती भन्नेले के आधारमा त्यसलाई स्वीकार गरेको?' उनको प्रश्न थियो।

ओलीले भने, 'एमसीसीमा राष्ट्रघात भएको हो कि होइन?, होइन भने किन कार्यकर्ता परिचालन गर्नुभयो, कार्यकर्ता भत्काउनुभयो?’

फागुन १७, २०७८ मंगलबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।