हेलिकोप्टरमा शिशुको जन्म

जुम्लाः मुगुकी एक महिलाले नेपाली सेनाको हेलिकोप्टरमा शिशुलाई जन्म दिएकी छन्। खत्याड गाउँपालिका–४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन्।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने क्रममा उनलाई सेनाको हेलीकप्टर उद्धार गर्नका लागि पुगेको थियो। मंगलबार मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकोप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले जाकारी दिईन्।
हाल आमा र शिशुलाई प्रदेश अस्पताल लगिएको छ। सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ।
फागुन १७, २०७८ मंगलबार १५:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।