बाँके प्रहरीले सांसद बानियाँलाई बुधबार अदालत लैजाने

नेपालगञ्जः बलात्कार आरोपमा पक्राउ परेका एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएको छ। जबरजस्ती करणी गरेको जाहेरी परेसँगै उनी बेपत्ता थिए।
उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको थियो। नेपालगञ्ज विमान स्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ।
मंगलबार सार्वजनिक बिदा भएकोले बानियाँलाई बुधबार म्याद थपका लागि अदालत लगिने र अनुशन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए।
ऋण लगेको पैसा फिर्ता गर्छु भनेर बोलाएर सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।
त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ।
फागुन १७, २०७८ मंगलबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।