लमजुङमा स्थानिय तह निर्वाचनको  तयारी तीव्र

लमजुङमा स्थानिय तह निर्वाचनको  तयारी तीव्र

लमजुङः लमजुङमा निर्वाचन कार्यालयले तयारी तीव्र पारेको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन कार्यलयले तयारी तिब्र पारेको हो।

जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय भएको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार ०७७ पुस ५ मा प्रकाशित अन्तिम मतदाता नामवलीअनुसार जिल्लामा एक लाख २२ हजार आठ सय ६ मतदाता थिए। अहिले नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार लमजुङमा ११ महिनामा नौ हजार ६ सय ६० नयाँ मतदाता थपिएका हुन्। अघिल्लो निर्वाचन ०७४ वैशाख ३१ मा भएको निर्वाचनमा जिल्लामा कूल एक लाख पाँच हजार ९९२ मतदाता थिए।

जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदातस्थल तोकिएको छ।

फागुन १७, २०७८ मंगलबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।