पौडी खेल्न गएका युवक बेपत्ता

कैलालीः कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका हुन्।
सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
फागुन १७, २०७८ मंगलबार १२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।