दर्शन गर्न सवारी साधन लिएर पशुपति जाँदै हुनुहुन्छ ? यी क्षेत्रमा छन् पार्किङको व्यवस्था

काठमाडौंः महानगरीय ट्राफिक महाशाखाले आज महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र आसपास पार्किङको व्यवस्था मिलाएको छ। दर्शनार्थी तथा भक्तजनको चाप हुने भएका कारण आज सवारी साधन लिएर पशुपति जाने दर्शनार्थीहरूको सुविधालाई मध्यनजर गरी गौशाला आसपासको क्षेत्रमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ।
एयरपोर्ट क्षेत्रबाट गौशालातर्फ आउने सवारी साधनका लागि तिलगंगा क्षेत्रमा, रातोपुल तथा कालोपुल क्षेत्रबाट आउनेहरूका लागि सिफलचौर, अमालकोट र भण्डारखालमा, नारायणटार–गौरीघाट क्षेत्रबाट आउनेहरूको लागि गुह्येश्वरी पारिको खालीचौरमा पार्किङको व्यवस्था मिलाइएको छ।
यस्तै, पशुपति विकाश कोषको परिसरमा पनि पार्किङको व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधनलाई प्रहरी वृत्त गौशाला परिसरमा पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
तोकिएका स्थानबाहेक अन्य स्थानमा पार्किङ गरी सवारी आवागमनमा बाधा नपुर्याउन पनि महाशाखाले आग्रह गरेको छ।
फागुन १७, २०७८ मंगलबार ११:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।