आज एमसीसीबारे एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ। संसद्बाट एमसीसी पारित भएसँगै एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो।
पार्टीको धारणा सार्वजनिक गर्न एमालेले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरेको छ।
आज दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा पत्रकार सम्मेलन आयोजना हुने पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
फागुन १७, २०७८ मंगलबार ०९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।