राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौंमा बस्ने भएको छ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले बताए।
उक्त बैठकअघि नै बुधबार पदाधिकारी बैठक पनि बोलाइएको छ।
गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रो पटक केन्द्रीय समितिको बैठक बोलाएको हो।
फागुन १७, २०७८ मंगलबार ०८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।