प्रदेश १, गण्डकी र सुदूरपश्चिमको पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि यी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको हो।
हाल देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिनभर यही मौसमी प्रणाली रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
फागुन १७, २०७८ मंगलबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।