आज नेपाली सेना दिवस

आज नेपाली सेना दिवस

काठमाडौंः आज नेपाली सेना दिवस रहेको छ। हरेक वर्ष महाशिवरात्रि पर्वमा नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।

सेना दिवसको अवसरमा आज देशभरसहित काठमाडौंको टुँडीखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने भएको छ।

सेना दिवसमा राष्ट्रपतिले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्ने र सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गर्ने गरिँदै आएको छ। यस्तै हेलिकप्टरद्वारा पुष्पवृष्टि, राइफल र तोपबाट महाशिवरात्रिको बढाइँ, मार्च पास, खुकुरी नृत्य, नेपाली सैनिक व्याण्ड लगायत विभिन्न प्रदेशका संस्कृति झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिने छ।

फागुन १७, २०७८ मंगलबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।