आज महाशिवरात्रि, पशुपतिमा बिहान ३ बजे नै खोलियो चार ढोका

आज महाशिवरात्रि, पशुपतिमा बिहान ३ बजे नै खोलियो चार ढोका

काठमाडौंः फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आज देशभरका हिन्दू धर्मावलम्बीहरूले मनाउँदै छन्। आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शिवरात्रि मनाउने गरिन्छ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ।

यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायत ग्रन्थमा उल्लेख छ।

यस्तै आज बिहान ३ बजे नै पशुपतिका चार ढोका खुलेको छ। पशुपति विकास कोषका अनुसार यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमा पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।

फागुन १७, २०७८ मंगलबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।