एमाले सांसद मोहन बानियाँ बलात्कार आरोपमा पक्राउ

एमाले सांसद मोहन बानियाँ बलात्कार आरोपमा  पक्राउ

काठमाडौं : नेकपा एमालेका सांसद मोहन बानियाँ बलात्कार आरोपमा पक्राउ परेका छन्। जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँ विरुद्ध बाँके प्रहरीमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले सांसद बानियाँ नेपालगन्ज विमानस्थलबाट पक्राउ परेको पुष्टि गरे।

पीडित महिलाले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको र जाहेरीपछि उनलाई पक्राउ गरिएको न्यौपानेले बताए।

जाहेरीमा ती महिलाले होटेल अप्सरामा माघ १८ गते बोलाएको र त्यही बस्न लगाई बिहानीपख जबरजस्ती गरेको उल्लेख भएको उनले बताए।

मुगुका सांसद रहेका बानियाँ विरुद्ध थप अनुसन्धान हुने डिएसपी न्यौपानेले बताए।

फागुन १६, २०७८ सोमबार २१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।