सुर्खेतमा कांग्रेस माओवादी र एमालेको कार्यालयमा आगजनी र तोडफोड

सुर्खेतः सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आगजनी गरिएको छ। सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो।
एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको प्रीले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका उनिहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत तोडफोड गरेका जिल्ल प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको बताएको छ।
फागुन १६, २०७८ सोमबार २०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।