एमसिसी पास हुँदा उद्योग वाणिज्य महासङ्घ खुसी

काठमाडौँ : प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन हुँदा नेपाल उद्योग वाणिज्य महासङ्घ खुसी भएको छ। उसले सोमबार विज्ञप्ति जारी गर्दै व्याख्यात्मक घोषणाकासाथ सम्झौता अनुमोदन भएकाले अब सबै भ्रमहरू चिरिने विश्वास लिएको उल्लेख गरेको छ।
सम्झौता अनुसार विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतको काम सुरु हुने र परियोजना पूर्ण रुपमा कार्यान्वयनको चरणमा जाने महासङ्घले उल्लेख गरेको छ।
'नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ', महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ' सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको समेत ढोका खुल्नेछ।'
फागुन १६, २०७८ सोमबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।