पूर्व मन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, चार करोड रकम स्रोत नखुलेको दाबी

काठमाडौँ : चार करोड भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री रामकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पर्यटन र खेलकुद मन्त्री बनेका श्रेष्ठविरुद्ध सोमबार दायर भएको अभियोगमा अनुसन्धानमा उनीसँग स्रोत नखुलेको ४ करोड ४५ लाख २७ हजार देखिएको भन्दै सोही बराबरको रकम बिगो कायम गरेको छ।
अभियोग पत्र अनुसार उनको बैङ्क खातामा ६८ लाख ५० हजार ९ सय ५३ रुपैयाँ देखिएको भन्दै रोक्का राख्न र अपुग रकम असुल उपर गर्नुपर्ने माग दाबी गरिएको छ।
अभियोग पत्रमा श्रेष्ठसँगै उनकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।
निजामती सेवामा रहेका उनले अवकाश पाएपछि राजनीतिमा प्रवेश गर्दै २०६९ चैत्र ६ गतेदेखि २०७० माघ २९ गतेसम्म पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खिलराज रेग्मी अध्यक्ष रहेको मन्त्रीपरिषद्मा शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुदमन्त्री बनेका थिए।
फागुन १६, २०७८ सोमबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।